sevenstartv.com १२ असार २०८३, शुक्रवार

त्रिवि सिनेटकाे बैठक बिहीबार बस्ने

२५ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सिनेट बैठक बिहीबारका लागि बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान  १० बजे बस्ने तय भएको छ । 

गत १५ चैतमा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त गर्न लागिएको हो । त्रिविका सहकुलपति एवं सिफारिस समितिका संयोजक रघुजी पन्तको नेतृत्वमा गठित समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ । साथै ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्यसूची छ । गत २२ असारमा सिनेट बोलाइए पनि प्रधानमन्त्री ओली हुम्ला गएकाले स्थगित गरिएको थियो ।