sevenstartv.com १२ असार २०८३, शुक्रवार

राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गरौँ : माओवादी सांसद बेलवासे

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने बताइन् । त्यसको लागि ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरीन् ।