कांग्रेसले विपीको प्रजातान्त्रिक विचार बेचिसक्यो : प्रमुख सचेतक शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठक मंगलबारको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार काँग्रेसले बचेको भान भएको उनको भनाई छ ।
भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको भएपनि सरकारले सुन्न नचाहेको उनले बताए । उनले आफूहरु सरकारविरोधी आन्दोलन नभई मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरु सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराए ।
