sevenstartv.com १२ असार २०८३, शुक्रवार

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपाद्वारा संसद बहिस्कार

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै आज पनि संसद बहिस्कार गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सोविता गौतमले भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि सरकार गम्भिर नभएको भन्दै संसद बहिस्कार गर्ने बताएका हुन् । 

उनले सरकारले स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाउँदै आपत्ति समेत जनाए । 

सांसद् गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानबिन गर्न माग गरे ।