त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर उद्धार गर्न नसकी फर्कियाे
काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्किएको छ । विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका हुन् । उनीहरुको उद्धारका लागि गएको हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिले आएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।
घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका हुन् । उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

