sevenstartv.com १३ असार २०८३, शनिवार

कुलिङ पिरियडको व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिको घोषणा हुँदै

२३ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिको घोषणा आज हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा छानबिन समिति गठन भएकोबारे औपचारिक जानकारी गराउने छन् ।

२१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरी विशेष समिति गठन हुने जानकारी गराएका थिए । सो छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी गराएका थिए ।  

समितिमा नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट २/२ सदस्य तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ जना सदस्य रहने तयारी छ ।

 

यो पनि पढ्नुहोस्