sevenstartv.com १३ असार २०८३, शनिवार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

२३ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार सक्ने तयारी छ । बैठक दिउँसो २ बजे बस्दैछ । असार १६ गते शुरु भएको बैठक सक्ने तयारी रहेको छ । 

बैठकमा केद्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि आइतबारदेखि पदाधिकारीले बोल्ने क्रम चलिरहेको छ । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेश भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ ।

बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेसन लगायतका विषयमा निर्णय गर्नुका साथै समसमायिक विषयमा पनि निर्णय गर्नेछ । 

 

यो पनि पढ्नुहोस्