sevenstartv.com १३ असार २०८३, शनिवार

२ संसदीय समितिको बैठक बस्दै

२३ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्ने भएको छ । सोमबार संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्नेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक-२०८१ माथि सैद्धान्तिक छलफल गरिने छ ।

यो पनि पढ्नुहोस्