कटुवा पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार राति कटुवा पेस्तोलसहित स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे पक्राउ परेका हुन् । घरमा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले आङ्देम्बेलाई घरबाट पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
