sevenstartv.com १३ असार २०८३, शनिवार

'शिक्षा समिति बैठक रोकेर समय मागिनु अरू नै धन्दा र षडयन्त्र हो'

२२ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक रोकेर समय मागिनुमा अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएकी छन् । उनले आइतबारको समिति बैठकमा यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘समितिको बैठक जति बैठक बसिरहेको छ । कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न सकिएन । यो बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेको मलाई अनुभूति भइरहेको छ ।’

उनले विद्यालय शिक्षा विधेयकमा पाँच दिन बसेर ६०/४० त मिलिसकेको अवस्थामा फेरि समय मागिनु राम्रो संकेत नभएको बताइन् । आफूहरूले शिक्षक महासंघको कुरा गम्भीर रुपमा लिएको समेत उनको भनाइ छ ।

उनले समितिको बैठकमा दलको भूमिकालाई जसरी अरू दलका माननीय सदस्‍यले राख्‍ने कुरा उचित नभएको गुनासो गरिन्।

 

 

यो पनि पढ्नुहोस्