sevenstartv.com १३ असार २०८३, शनिवार

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध छैन : रघुवीर महासेठ

२२ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् । आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरेका हुन् । 

पूर्वराष्ट्रपति भण्डारीले यही असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन् । यद्यपि उनले आफूलाई कुनै पदीय आकांक्षा नरहेको बताएकी छन् । 

तर भण्डारीको कमब्याकसँगै एमाले पंक्ति दुईकित्तामा बाँडिएका छन् भने आगामी महाधिवेशनमा भण्डारीले ओलीलाई टक्कर दिने विश्लेषण भइरहेको छ । 

यो पनि पढ्नुहोस्