राज्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् । मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने छन् ।
हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ (चौधरी) को अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ ।
