sevenstartv.com २१ मंसिर २०८२, आइतवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ वर्षपछि पक्राउ

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । इलाममा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ वर्षपछि पक्राउ परेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ७६ का तीलबहादुर गुरुङ पक्राउ परेका हुन् । 

जिल्ला अदालत इलामबाट २०३८ साल जेठ १२ गते फैसलाले १० वर्ष कैद तोकिएका कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले असार १७ गते पक्राउ गरेको हो ।

उनलाई सन्दकपुर गाउँपालिका वडा नम्बर ५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्