sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढे : दीपकराज जोशी

१८ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताएका छन् ।  । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । 

उनले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गरे । उनले सोलो ट्राभल डेस्टिनेशन पनि अत्याधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरु गरिरहेको बताए । पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताएका छन् ।

उलेले भने, ‘अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेशन बढेको छ । यस्तो खालको ट्रेन छ । त्यसलाई हामीले क्याचअप गर्नुपर्छ । टेक्नोलोजीको एडप्ट बढाउनुपर्नेछ । केही होटलहरु आए पनि क्वालिटी बढाउनुपर्नेछ ।’ 

उनले हिमाल, धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनमा जोड दिनेगरी योजनाहरु अघि बढाइरहेको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्