कैलालीमा मृत भेटिए ८० वर्षीय वृद्ध
काठमाडौं । कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका थिए । मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव घटनास्थलबाट उठाइएको छैन । उनका छोरा काठमाडौंबाट आइरहेका कारण शव नउठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ ।

.gif)