कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ । प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५.९ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको छ ।
कम्पनीलाई भैरहवा कार्यालबाट ६९८.४ मेट्रिक टन डिएपी मल प्राप्त हुनेछ । जसमध्ये हाल २५० मेट्रिकटन डिएपी प्राप्त भइ र वितरण सुरु भएको जनाइएको छ । हाल कम्पनीसँग १८९.१५ मेट्रिकटन डिपिए, ९७४.४५ मेट्रिकटन युरिया र ७६.५ मेट्रिकटन पोटास छ । चालु आवमा ३ हजार ८८० मेट्रिकटन डिएपी र ५ हजार ४५३ मेट्रिकटन युरिया विक्री तथा वितरण भइसकेको छ ।
कम्पनीले युरिया प्रतिबोरा ९४० रुपैयाँ, डिएपी प्रतिबोर २ हजार ३ सय ९४ रुपैयाँ र पोटास प्रतिबोरा १ हजार ७ सय ९४ रुपैयाँका दरले सहकारीलाई बिक्री भइरहेको छ । जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डिएपी मलको भने अभाव छ ।

.gif)