डुम्रे-बेँसीसहर सडक अवरुद्ध
काठमाडौं । लमजुङमा लेदोसहितको पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् । पानी निरन्तर परिरहेको र सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको बताइएको छ ।
बेँसीसहरदेखि तनहुँ, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिमाली जिल्ला मनाङ जानसमेत यही सडक हुँदै जानुपर्छ ।
