कालिगण्डकी करिडोर अवरुद्ध
काठमाडौं । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका-३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।
जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको प्रहरीले बतताएको छ । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरीले जनाएको छ ।
