लघुवित्त पीडितले फेरि आन्दोलन गर्दै
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारविरुद्ध आजदेखि पुनः आन्दोलन गर्ने भएको छ ।
सरकारसँग पटक-पटक भएका सहमतिबाट पूर्णरुपमा समस्याको हल नभएको भन्दै समितिले देशव्यापी आन्दोलन गर्ने भएको हो ।६८ जिल्लामा हुने प्रर्दशन शान्तिपूर्ण रुपमा गर्ने बताइएको छ ।
ज्यादती गर्ने स्थानीयदेखि केन्द्रसम्मकै लघुवित्तीय संस्था, बैंक र बेथिति मच्चाउने सहकारीहरूको बिरूद्वमा केन्द्रित रहने गरि विरोध प्रदर्शनसहितका संघर्षका कार्यक्रम शुुरु हुने संघर्ष समितिले जनाएको छ ।
