sevenstartv.com २० वैशाख २०८३, आइतवार

पूर्वमन्त्री तथा कांग्रेस नेता ढुण्डीराज शास्त्रीको निधन

२ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता ढुण्डीराज शास्त्री (पौडेल को निधन भएको छ । 

पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं समाजवादी चिन्तक  ९० वर्षीय  शास्त्रीको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ४ बजेतिर निधन भएको हो।

उहाँका श्रीमती, २ छोरा र २ छोरी हुनुहुन्छ । छोराहरू देश बाहिर रहेकाले  आएपछि अन्तिम दाह संस्कार गरिने पौडेल परिवारका अशोक पौडेलले जानकारी दिनुभएको छ। 

पूर्वमन्त्री  शास्त्रीको अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका (८  निमडाँडामा बुवा खेमराज पौडेल र माता साबित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा जन्म भएको थियो । उहाँ बनारसमा २०१० मा पढदादेखि नै नेपाली कांग्रेससँग आवद्ध हुनुभएको थियो।  पढाइ सकेर घर आएपछि भूमिगतरूपमा नेपाली कांग्रेसको संगठन विस्तारमा लाग्नुभयो। 

नेपाली कांग्रेसले २०१४  सालमा  शुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँचीको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिनुभएको थियो। २०१५ सालको आम निर्वाचनमा सक्रिय रूपमा लाग्नु भएका शास्त्री २०१७ साल पौष १ गते राजा महेन्द्रले संसद भंग गरी नेताहरूलाई जेल हाल्ने क्रममा गुल्मी अर्घाखाँचीका लडाकू युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा उनले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । 

बि पी कोइरालाका अनुयायी शास्त्री समाजवादका व्याख्याता हुनुहुथ्यो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्