sevenstartv.com ८ असार २०८२, आइतवार

चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

२७ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । बन्दिपुर–२ कुवादी कामिडाडामा पाँच वर्षीय बालकको  उत्सव गुरुङको मृत्यु भएको हो । 

करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो। आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।

बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेको जनाइएको छ । २०७४ सालदेखि हालसम्म ६ वर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्