पाशुपत विश्वकोषको विमोचन

काठमाडौं । पाशुपत विश्वकोषको विमोचन गरिएको छ । सोमबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो ।
प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा. प्रदीप ढकालले लेख्नुभएको हो । पुस्तकमा पाशुपत क्षेत्रको महत्व बुझ्न सहज होस् भनेर विश्वकोष लेखिएको लेखकहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै लेखक प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडाले पुस्तक प्रकाशन गर्न प्राविधिक कारणले पाँच वर्ष लागेको बताए । शिव, शिवजी, शिव परिवार, पशुपति, पशुपतिनाथ के हो ?, किन शिवलिङ्मा पूजा हुन्छ रु लगायतको विषयमा स्पष्ट पारिएको बताए ।
पशुपतिनाथको प्रसाद खान हुँदैन भन्ने गरिएको र खानु हुन्छ की हुँदैन भन्नेकुरा पुस्तकममा लेखिएको बताएका छन् । उनले शिव भगवान व्रह्म रहेको बताउँदै शरीरको रुप नलिने व्रह्म रहेको बताए ।