पोखरामा युवकको हत्या
काठमाडौं । पोखरामा सोमबार बिहान एक युवकको हत्या भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो । मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।
घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

.gif)