sevenstartv.com ८ असार २०८२, आइतवार

ट्रम्प–पुटिन फोन संवाद : रुस र युक्रेनबीच ’तत्काल शान्ति’ असम्भव

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्डले रुस र युक्रेनबीच ’तत्काल शान्ति’ सम्भव नभएको बताएका छन् । 

ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन संवादपछि युक्रेनलाई चेतावती दिँदै ’तत्काल शान्ति’ असम्भव देखिएको बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमा पुटिनसँग एक घण्टाभन्दा बढी फोनमा कुराकानी भएको जानकारी गराउँदै  रुस र युक्रेनबीच ’तत्काल शान्ति’ सम्भव नदेखिएको उल्लेख गरेका छन् । 

ट्रम्पले  आफूसँग पुटिनले युक्रेनले रुसका हवाई अड्डाहरूमा युक्रेनले गरेको ठूलो ड्रोन आक्रमणको जवाफ दिनुपर्ने बताएको जानकारी समेत गराएका छन् । पुटिनले विभिन्न विमानस्थलमा हालै भएकोे आक्रमणको जवाफ दिनुपर्ने भन्दै युक्रेनको कडा आलोचना गरेको समेत ट्रम्पले खुलाएका छन् ।  एजेन्सी

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्