sevenstartv.com १६ साउन २०८३, शनिवार

सरकार-लघुवित्त पीडितबिच ५ बुँदे सहमति, आन्दोलन स्थगित

१६ साउन २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ - लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबिच ५ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि देशभर सञ्चालनमा रहेका आन्दोलन तथा अनसनका कार्यक्रम तत्काल प्रभावबाट अन्त्य गर्ने सहमति भएको हो।

नेपाल सरकारका माननीय अर्थमन्त्रीस्तरको निर्णयअनुसार गठित वार्ता टोली र संघर्ष समितिका पदाधिकारीबिच सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्णहलमा सम्पन्न बैठकले लघुवित्त पीडितका समस्या समाधानका लागि ठोस कार्ययोजना अघि बढाउने निर्णय गरेको हो।

सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि यसअघि गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्ने उद्देश्यले १५ दिनभित्र कार्यान्वयन योजना सहित अर्थ मन्त्रालयमा सिफारिस पेस गरिनेछ।

त्यस्तै, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको पुनरवलोकन गर्ने तथा व्यवहारिक समाधानका विकल्पहरू सिफारिस गर्ने सहमति भएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्