sevenstartv.com १६ साउन २०८३, शनिवार

शशांकको संयोजकत्वमा कांग्रेस इतर समूहको ५५१ सदस्यीय आयोजक समिति गठन

राष्ट्रिय भेलाका लागि १६ वटा उपसमिति घोषणा

१६ साउन २०८३, शनिवार स्टार संवाददाता

 नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेला व्यवस्थित गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमिति घोषणा गरिएको हो। 

 नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेला व्यवस्थित गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमिति घोषणा गरिएको हो। 

राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समिति गठन गरिएको छ। जसअन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति छन्। 

व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार-प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य समितिलगायत निर्माण गरिएको छ। शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।

विश्वकर्माले भने, ‘राष्ट्रिय भेलाका सन्दर्भमा हालसम्म गरिएका केही विवरण म राख्नेछु। राष्ट्रिय भेला मूल आयोजक समिति गठन भएको छ र यसमा ५५१ सदस्य रहनेछन्। सम्पूर्ण नामावली तयार गर्न समय लाग्ने भएकाले पदीय हिसाबले पदेन सदस्यका रूपमा समेटेको छु।’ 

१४ औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा नगर कार्यसमितिका सभापति रहने उनले बताए। ‘सङ्घीय तथा प्रदेश सांसद, पूर्व सङ्घीय तथा प्रदेश मन्त्री एवं सांसद, भ्रातृ संघका केन्द्रीय प्रमुख र शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुख रहनेछन्,’ उनले थपे।

राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक अन्य समितिहरू पनि गठन गरिएको उनले जानकारी दिए। उनले भने, ‘समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार-प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति र मञ्च व्यवस्थापन समिति रहेका छन्। स्वयंसेवक परिचालन समिति, सांस्कृतिक समिति, सहभागी व्यवस्थापन समिति, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति पनि छन्।’ 

मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएको र यी समितिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकबाट पूर्णता दिइने उनले स्पष्ट पारे। मूल आयोजक समितिबाहेकका अन्य विषयगत समितिको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने विश्वकर्माले बताएका छन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्