नक्कली नोटसहित ५ जना पक्राउ
काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।
महोत्तरीको सोनमा गाउँपालिका-७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका-९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका-७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका-२, कै ३५ वर्षीया सिहानता कुमारी देवी पक्राउ परेका हुन् ।
भारततर्फबाट बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा सूराकीको आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको हो ।
प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एक एक वटा नोट राखेर बीचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रूपैयाँ) बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

.gif)