२६ औं 'फ्लोरा एक्स्पो' चैत्र १ गतेदेखि

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामी चैत १ देखि ४ गतेसम्म ‘२६ औं फ्लोरा एक्स्पो हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर फ्लोरिकल्चर एशोसिएशन नेपालले काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने जानकारी दिएको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष रामबहादुर तामाङले बताए ।
उनले पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरु, व्यवसायी तथा विभिन्न संघ संस्थाको सहभागिता रहने बताएका छन् । पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुग्ने आयोजकको विश्वास छ ।