१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारू पक्राउ परेका हुन् । थारुले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमाआवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

.gif)