sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नागार्जुनबाट लागुऔषध सहित एक जना पक्राउ

२२ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-३ स्थित सिंगल ट्रिबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका हुन् । 

आरोपीको साथबाट प्रहरीले १५ सय ६० एम्पुल लागुऔषध बरामद गरेको छ । श्रेष्ठको साथबाट ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५ सय एम्पुल बुप्रेनर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीविरुद्ध लागुऔषध मुद्दा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्