sevenstartv.com २१ मंसिर २०८२, आइतवार

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

१८ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मनाङ जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । 

कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए। उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ । 

यही फागुन १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाशज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइने जनाइएको छ । 

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।

नासों गाउँपालिका-५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका-१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका-४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्