sevenstartv.com २२ मंसिर २०८२, सोमवार

रुपन्देहीमा एक युवाको  हत्या

१७ फागुन २०८१, शनिवार स्टार संवाददाता

बुटवल । रुपन्देहीमा एक युवाको  हत्या भएको छ । मायादेवी गाउँपालिका(२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या  भएको प्रारम्भिक  अनुसन्धानबाट खुलेको बताए ।

मृतक घरमा एक्लै बस्ने गरेको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी  कार्कीले बताए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्