sevenstartv.com २२ मंसिर २०८२, सोमवार

साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता


काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन् । फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको एसएसपी राठौंरको भनाइ छ । 

उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्