श्रमजीवि पत्रकार सम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता
बाँकी रहेका ऐन कानुन फास्ट ट्र्याकबाट बनाउन दलहरुबीच सहमति भएको तर्क
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवि पत्रकार सम्बन्धी ऐन, २०५१ समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेको अन्तरक्रियामा मन्त्री गुरुङले ऐन संशोधन गर्न अझै केही समय लाग्ने उल्लेख गर्दै विद्यमान ऐन कार्यान्वयन गर्नुपर्ने समेत बताएका हुन् । उनले ठूला प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको बताए ।
उनले ऐन कार्यान्वयमा देखिएका समस्या समाधान गर्दै सुधार गर्नसमेत जरुरी रहेको बताएका हुन् । उनले बन्न बाँकी ऐन र कानुन फास्ट ट्र्याकबाट बनाउने दलहरुबीच सहमति भएको बताएका छन् । उनले लामो समयदेखि थन्किएर बसेका विधेयकहरुलाई कानूनको रुप दिन लागि परेको समेत बताए ।

.gif)