sevenstartv.com २२ मंसिर २०८२, सोमवार

घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या, अनुसन्धान हुँदै

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।  प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।

प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ । ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।

फागुन ९ गते राति घरमा खान खाएर सुतेका उनीहरू भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि छिमेकीले हेर्न पुगेका थिए । जहाँ दुवैजनालाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरूका चार छोराहरू भारतमा रोजगारीका क्रममा छन् । छोरीहरूको भने विवाह भइसकेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्