sevenstartv.com २० वैशाख २०८३, आइतवार

‘टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन्ः प्रधानमन्त्री

१० फागुन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको बिरोधमा उत्रिएको टिप्पणी गर्नुभएको छ । अवरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताउनुभएको हो । शुक्रवार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताउनु भयो ।

उहाँले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन् । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरु खासगरि माओवादी लगायतका पार्टीहरुले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन् ।

अनि टिकटकमा प्रतिवन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् फेरि । बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिवन्ध लगाएको त त्यतिबेला ? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ । उहाँले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताउनु भयो । उहाँले ७७ वटै जिल्लाका सदरमुकामहरुमा मोटर बाटो पु¥याएको दाबी गर्नुभयो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्