sevenstartv.com ६ मंसिर २०८२, शनिवार

यस वर्ष पर्यटकीय सिजनमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल राति सञ्चालन नहुने

विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत ट्याक्सी वे, ह्यांगर र एप्रोनको काम जारी

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । यस वर्षको पर्यटकीय सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति सञ्चालन नहुने भएको छ । अहिले विमानस्थल राति ११ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने गरेकोमा आगामी अप्रिल १ देखि राति १२ बजेदेखि बिहान ६ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । 

विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत अहिले धावनमार्गको ७० मिटरभित्रको काम भइरहेको छ । अप्रिल १ देखि ७० मिटर बाहिरको काम सुरू हुने भएकोले विमानस्थल राति बन्द गर्नु पर्ने आयोजनाले जनाएको छ । अहिले विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत समानान्तर ट्याक्सी वे, ह्यांगर र एप्रोनको काम भइरहेको छ । 

हालसम्म समानान्तर ट्याक्सी वेको निर्माणको काम ६० प्रतिशत पूरा भएको छ भने कोटेश्वरतर्फको ट्याक्सी वेको काम ५२ प्रतिशत सकिएको छ । त्यस्तै ह्यांगर र एप्रोनको काम ४५ प्रतिशत सकिएको छ । अहिले भइरहेको काम तोकिएको समय अर्थात् मार्च ३१ सम्म सकिने आयोजनाले दाबी गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्