sevenstartv.com २१ मंसिर २०८२, आइतवार

पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।मेयर आचार्यको उपचार जारी थियो । आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्