sevenstartv.com २२ मंसिर २०८२, सोमवार

क्यान्सर पीडित बालबालिकाको उपचार सहज भएको छः स्वास्थ्यमन्त्री पौडेल

‘बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधि’

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन् । बिहीवार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताउनुभएको हो । उहाँले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत संस्थाहरुले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताउनु भयो । उहाँले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने बताउनु भयो । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि म चारवटै अस्पताललाई हार्दिक  आभार प्रकट गर्न चाहन्छु ।

अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढंगबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ । यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढंगबाट लक्षित समूहसम्म पु¥याउने काम हुन्छ । त्यसैले बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पु¥याउने गरी प्रावधानको प्रवन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ । त्यसैले कति सक्छौँ अरु पक्षहरुबाट पनि कोसिस गरिरहेका छौँ । अहिले यी चारवटा अस्पतालबाट व्यवस्थित ढंगबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्याकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरुबाट निःशुल्क औषधि उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित हिसाबले कार्यान्वयन गर्ने अवस्था हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनु भयो । उहाँले भनसुनको भरमा औषधि वितरण गर्ने नभइ सिस्सटमको आधारमा सेवा प्रवाह हुने बताउनु भयो ।

उहाँले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अब हामीलाई केही जिम्बेबारी पनि थपिएको छ । यसको गुण मेन्टेन गर्ने, डिस्टिब्युसन, रेकर्ड म्यानेजमेन्ट यी सबै कुराहरुमा मेडिसिनहरु छ यसलाई प्रपर रुपमा डिस्टिब्यूसन गर्ने । जो आवश्यक छ बालबालिकाहरुलाई कसैले भनसुन नगरीकन सिस्टमबाट प्रवाह हुने व्यवस्था यहाँहरुले मिलाउनु हुनेछ त्यो हाम्रो जिम्मेबारी हो । हामी मन्त्रालय, विभागलगायत अस्पतालहरुले यो जिम्मेबारी पूरा गर्नुपर्ने हुन्छ । त्यसैगरी अर्को महत्वपूर्ण पक्ष भनेको यसको दीगोपन पनि हो ।

६ वटा राष्ट्रमध्ये  नेपाल एउटा परेको छ,यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने  भन्ने विषयमा पनि हामीले अहिलेदेखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गछौँ ।ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरुको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो ।

नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि प्राप्त गरेको थियो । बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो । 
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्