वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सिंगापुर र चेक रिपब्लिक पठाइदिने भन्दै साढे ७३ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौंको लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलामको सूर्योदय नगरपालिका-१० घर भई काठमाडौको पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।
उनीहरुले सिंगापुर पठाइदिने भन्दै १३ जनाबाट ७१ लाख १९ हजार र मिकेशले चेक रिपब्लिक पठाइदिने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडांै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

.gif)