१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

.gif)