sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षभन्दा माथिका छन् । पालिकासम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षभन्दा माथिका सबैको निःशुल्क परीक्षण हुने र समयमा उपचार गर्नुपर्ने विषयमा सचेतना अभिवृद्धि गराउन अभियान सञ्चालन गरिने प्रवक्ता बुढाथोकीले बताए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरे । एक सन्देश जारी गर्दै उहाँले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उनले उल्लेख गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्