sevenstartv.com २२ मंसिर २०८२, सोमवार

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या

२० माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका-५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गौमुखी गाउँपालिका-५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने पक्राउ परका हुन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

१८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो ।

उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको जनाइएको छ । 

अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीका भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्