छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण, होहल्ला भएपछि जोगियो ज्यान
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका(७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।
आइतबार राति करिब साढे १० बजेको समयमा बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रसिंहले पनि बाघले पन्जा हानेको र होहल्ला भएपछि बाघ भागेको बताएका छन् । घटनास्थलमा प्रहरी पुगिरहेको छ ।
विकलाई उपचारको लागि लम्की ल्याउन ल्याइएको छ । उनको अवस्था भने खतरामुक्त छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

