जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरी पक्राउ परेका हुन् ।
गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

.gif)