sevenstartv.com २२ मंसिर २०८२, सोमवार

गोठालो गएका दुई किशोरी मृत फेला

१३ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला परेका छन् । शुक्रबारदेखि हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन् ।

ढकारी गाउँपालिका वडा नम्बर-१ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो । अन्दाजी १४–१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । 

शनिबार आफन्त तथा गाउँलेले खोजीका क्रममा शव फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्