sevenstartv.com २१ वैशाख २०८३, सोमवार

अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित

११ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तीन दिनदेखि बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ ।

गत सोमबारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलबार देखि एकाएक चलेको चिसो हावा र विहीबार राति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो । 

मधेशमा विगत तीन दिनदेखि घाम नलाग्नुका साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला,मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्