हास्य कलाकार घनश्याम गौतम अस्पताल भर्ना
काठमाडौं । हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई बुधवार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो ।
उनको केएमसीको मेडिसिन हाइकेयर वार्डमा उपचार भइरहेको छ । उनलाई यसअघि ५ दिन भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । गौतमको किड्नीमा समस्या नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिदिएपछि केएमसी ल्याइएको हो ।
कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर देखिएको थियो । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका उनी केही महिनाअघि थप उपचारका लागि भारत समेत पुगेको थिए ।

.gif)