sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रास्वपाको केन्द्रीय समिति बैठक आजपनि, संविधान संशोधनबारे आधिकारिक धारणा तय गर्ने

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

बैठकमा जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनैतिक प्रतिवेदनहरुका आधारमा गर्नुपर्ने पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारे पनि छलफल हुने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभागलगायत पुनर्संरचना, पार्टीको बैठक संचालन कार्यविधि संशोधन र आचारसंहिताको विषयमा पनि छलफल हुनेछ । बैठक आजै समापन गरिने रास्वपाले जनाएको छ ।

बैठकको पहिलो दिन शनिबार समसामयिक राजनीतिक छलफलका साथै नेताहरुले रिपोर्टिङ गरेका थिए ।  स्थानीय तह उपनिर्वाचन र संगठनको समीक्षा र प्रदेश समन्वय संयन्त्रसम्बन्धी छलफल पनि भएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्