sevenstartv.com १ असार २०८३, सोमवार

सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

१६ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सर्लाहीको नयाँरोड सडकखण्डमा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

 मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दासको मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको  छ ।